ताजा अपडेट

रोल्पामा जन्मनु भएको महान आत्मा स्वर्गद्वारी महाप्रभुको जिवनी

रोल्पा-प्युठानको स्वर्गद्वारी आश्रम नेपालको राष्ट्रिय सम्पदा हो।
प्युठानमा बिगत देखिनै दनिक आन्तरिक तथा बाइह्य भक्तजन तथा पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ।

स्वर्गद्वारीको सोझो अर्थ हुन्छ स्वर्गको द्वार हिन्दु महापुरुषहरुले स्वर्गद्वारीको धार्मिक रहस्य आज भन्दा करिब ५ हजार बर्ष अघिको द्वापर युग र द्वापरयुगको महाभारतकालसंग जोडेर बिश्लेषण गरेको पाइन्छ।

धर्म र अधर्मको बिच १८ दिन चलेको महाभारत महासंग्राममा पाण्डबहरुले कौरवहरुको नाश गरेपछि पित्र पापबाट बच्नलाई पाण्डबहरुले भारतको बिभिन्न भुमिमा शिवलिंग थापना गरेर भगवान शिवप्रति समर्पित भएका थिए भन्ने धार्मिक बिश्वास छ।

त्यसपछि पाण्डबहरुले जिउँदै स्वर्गको यात्रा तय गरेका थिए रे।माहाभारत युद्ध पछि पाँच पाण्डब र द्रौपदीले स्वर्गको यात्रा गर्दा धर्मराज युधिस्ठिर मात्रै जिउँदै स्वर्ग पुग्न सफल भएको प्राचिन धार्मिक ग्रन्थहरुमा जिकिर गरिएको छ।

उनै पाण्डहरु प्युठानको स्वर्गद्वारी आएर स्वर्ग पुगेकाले यस धार्मिक भुमिको नामाकरण गरिएको बिश्वास छ।

तर स्वर्गद्वारी तव मात्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चामा आयो जब रोल्पामा जन्मनु भएको महान आत्मा महा पुरुष महाप्रभुले स्वर्गद्वारी पुगेर यहाँ आश्रम तथा मन्दिर थापना गर्नु भएको थियो।

महाप्रभुको जन्म र नाम

स्वर्गद्वारी महाप्रभुको जन्म विक्रम संवत १९१६ शालमा श्रावण एकदशीको दिन रोल्पाको रुन्टी भन्ने गाउँमा भएको थियो।एउन्टी हालको रुन्टीगढी गाउँपालिका वडा नं ९ मा अवस्थित छ।प्रभुको जन्मभुमिकै नामबाट गाउँपालिकाको नामको शुरुमै रुन्टी नामाकरण गरिएको हो।गढिलेख महाप्रभुको तपोभुमि भएकाले उहाँकै जन्म र तपोभुमिको नामबाट स्थानिय सरकारको नाम रुन्टीगढी राखियो।

महाप्रभुको न्वारानको नाम नारायण खत्री हो।उहाँको बुबाको नाम अनिरुद्र गौतम तथा माताको नाम स्वेताकुमारी रहेको रुन्टी आश्रमका अध्यक्ष घनश्याम खड्काले जानकारी दिनुभयो।

रुन्टी

महाप्रभुको जन्मपछि फेरिएको वातावरण कहाँनी

महाप्रभु जन्मदाको समय रुन्टी गाउँको वातावरणनै बेग्लै बनेको थियो।उहाँको जन्म पश्चात गाउँमा छुट्टै प्रकारको खुसीयाली संगै दिव्य वातावरण बनेको थियो।

रुन्टीका पुर्खाहरुले यो पछिल्लो पुस्तालाई यस अनुभव सुनाउँदै आएको स्थानियहरुको भनाई रहेको छ।

६ दिनपछि आमाको दुध नखाएको कहाँनी

जन्मपछि प्रभु महाराजले अरु बालक जस्तै आमाको दुध खानु भयो।जब जन्मिएको ६ दिन पुगेपछि सुत्केरी माता स्वेता कुमारीले परम्परा अनुसार मांसाहार भोजन गर्नु भयो।

त्यसपछि बालक महाप्रभुले आमाको दुध खानु भएन।६ दिनको बालकले आमाको दुध नखाएपछि परिवार आत्तियो।

किन बालकले दुध खाएनन कतै बिरामी पो परेकि भनेर परिवारमा चिन्ता बढ्यो।त्यहि दिन एक साधु पुरुष सोहि गाउँ भएर कतै निस्कदै थिए।
उक्त साधु पुरुष महाप्रभुको घरमा पाल्नु भयो।साधु पुरुषले बालक महाप्रभुको चरण स्पर्स गर्नु भयो।घर परिवारले साधु पुरुषलाई बालकले दुध नखाएको कुरा सुनाएपछि साधु पुरुषले बालक महाप्रभुको वृतान्त खोलिदिनु भयो।

उहाँ कुनै साधारण बालक नभएर स्वयं भगवान बिष्णुको अवतार भएको घरपरिवारसामु बताईदिए तथा अछिता सिरानमा राखेर सुत्नु आफै रहस्य खुल्नेछ भनेर माता स्वेताकुमारीलाई सल्लाह दिए।

साझ परेपछि माता स्वेताकुमारीले साधु पुरुषले भने जसरी अछिता सिरानमा राखेर सुत्नु भयो।त्यहि दिन मध्य रातमा माता स्वेताकुमारीको सपनामा आफ्नै बालक पुत्रले सबै कुरा बताउँन थाल्नु भयो।

आफू महात्मा भएकाले माताले मांसाहार भोजन ग्रहण गरेपछि आफूले दुध नखाएको बाल महाप्रभुले राज खोल्दिनु भयो।आफूलाई घरमा भएको कैलु गाईको दुध खाने भन्दै मातालाई नआत्तिन पनि अनुरोध गर्नु भयो।

यस्तो सपना देखेपछि माता अचम्म पर्नु भयो।घरपरिवार र छरछिमेकीलाई सपनाको कुरा सुनाउनु भयो।

शुरु शुरुमा माता स्वेताकुमारीको सपनाको कुरा सुन्नेहरुले पत्याएनन्।तर एकदिन बालक नारायण खत्रीले गरेको भविष्य वाणीले उहाँलाई महाराज/महाप्रभुको उपमा दिन थाले।

के थियो बाल महाप्रभुको भविष्यबाणी?
त्यतिबेला नरायण खत्री ४/५ बर्षको हुनुहुन्थ्यो।एकदिन रुन्टीका स्थानियहरु बस्तुबाउ लगेर गोठालो जाँदै थिए।

बालक नारायण खत्रीले उनै गोठालाहरुलाई आज तिमीहरुले बस्तुभाउ लगेर जहाँ चराउँन जादै छौ त्यहाँ नजाऊ आज पानी हावाहुरी र पहिरोले जनधनको क्षति गर्नेछ भनेर उनिहरुलाई शुझाउउनु भयो।

तर गोठालाहरुले बालकको कुरा पत्त्याएनन् सधै जस्तै त्यसै ठाउँतिर बस्तुभाउ लगेर गए।नभन्दै त्यस दिन अत्यातिक बर्षात हुनुका शाथै पहिरो आएर बस्तुभाउ सहित जनधनको क्षति गर्यो।
त्यहि दिनबाट बालक नारायण खत्रीलाई स्थानियहरुले प्रभु भन्न थाले।

५/६ बर्षको उमेरमै महाप्रभु हराएको कहाँनी

बालक महाप्रभु ५/६ बर्षकै उमेरमा एकदिन हराउँनु भयो।घरपरिवार तथा गाउँलेहरुले अनेकौं ठाउँ खोजि गरे तर पत्ता लाउँन सकेनन्।बर्षौँ बित्यो कतै नभेटिएपछि परिवारले लगभग माया मारि सकेको अवस्था थियो।त्यसको ३ बर्षपछि सोहि ठाउँको सशी लेकको नजिकैको गुफामा तपस्या गरिरहेको अवस्थामा गोठालाहरुले देखे।उ बेला त्यस जंगलमा बाघ लाग्ने गर्दथ्यो गोठालाहरु तथा परिवारले बाघ लाग्ने जंगलमा एक्लै बस्नु हुँदैन भनेर प्रभुलाई घर लग्न खोजे तर उहाँले घर जान मान्नु भएन।
त्यसपछि परिवार गाउँलेहरुले अनयन बिन्ती गर्न थाले बरु गाउँमै कुट्टि बनाई दिन्छौँ त्यहि कुट्टिमा ध्यान गर्नुहोस् भनेपछि बाल प्रभुले त्यस कुरा स्विकार गर्नु भयो।

रुन्टी मन्दिर

कुट्टिमा बसेर अन्तर ध्यान गरिरहेका प्रभुले समयसंगै महाबाणीहरु उच्चारण गर्न थालेपछि प्रभुको महिमा चारैतिर फैलियो।

विक्रमसंवत १९४२ शालतिर प्रभुले सन्यास लिनु भयो र आफ्नो नाम हंसानन्द गिरी रह्यो।

उहाँका शिष्यहरुलाई लगेर प्रभुले विक्रमसंम्बत १९५१ शालमा प्युठानको स्वर्गद्वारीमा प्रस्थान गर्नु भएको थियो।

आज आश्रम रहेको प्युठानको स्वर्गद्वारीमा त्यत्यिबेला गोठालोहरु बस्दथे।प्रभुकै आज्ञा बमोजिम गोठालाहरुले उक्त भुमि खाली गराईए।

स्वर्गद्वारी पुग्दाको शुरुवाती दिनमा महाप्रभु बाझको रुखमुनि बस्नु भएको थियो।
उतिबेलै उक्त बाझको रुख ५५० बर्ष पुरानो रहेको प्रभुले बताउँनु भएको थियो।

उक्त भुमी पुन्य भुमि भएकाले आफूले आश्रम थापना गर्ने भनेर गोठालासंग कुरा गर्नुभयो।

त्यसपछि आजको स्वर्गद्वारी बन्यो।
स्वर्गद्वारी पुगेपछि महाप्रभुले अनेकौं लिलाहरु गर्नु भएको जिकिर छ।

महाप्रभुले स्वर्गद्वारीमै देह त्याग गर्नु भएको थियो।उहाँलेनै प्रज्वलन गर्नु भएको अखण्ड यज्ञ आजसम्म पनि बलिरहेको छ।

यस्ता महान पुरुषको जन्म भने रोल्पाको रुन्टीमा भएको थियो। स्वर्गद्वारीमा पर्यटकहरुको घुइँचो लाग्दा रोल्पाको रुन्टी छायामुनि रहि रहनु निकै दु:खद पक्ष हो ।

प्रतिक्रिया दिनुहोस