ताजा अपडेट

उत्कृष्ट अफिसर घोषितको भएको २ दिनमै इन्स्पेक्टर शंकर खड्काको सफलता हत्या गर्ने ४ जना पक्राउ

काठमाडौं- कैलालीमा डेढ महिनादेखि घरबाट सम्पर्कबिहीन मन्जु रावलको शव आइतबार प्रहरीले फेला पार्यो।

कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो।

प्रहरीले खोजतलास गर्दा सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मन्जुको शरीरको केही भाग कंकाल बनेर छरिएको अवस्थामा भेटिएको हो।आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरी सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

मन्जुको हत्या प्रकरणमा पक्राउ पर्ने आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका –६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेका छन्।

‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा अन्ततः आफू नै घटनाको मुख्य योजनाकार रहेको गोमाले स्वीकार गरेकी हुन्।

मन्जु हत्या प्रकरणमा भएको के थियो?

२०८० जेठ २५ गते साँझबाट मेरो आमा मञ्जु रावलको मोबाईल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँउ भनि मिति २०८० असार १ गते ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा मन्जुकि छोराले निवेदन दिएका थिए।

ईलाका प्रहरी कार्यालय लम्किका प्रमुखका रुपमा कार्यरत छन् प्रहरी निरीक्षक शंकर खड्का।इन्स्पेक्टर खड्काले देशका बिभिन्न स्थानहरुमा कार्यरत हुँदा सबै जसो अनुसन्धानमा सफलता हात पारेका छन्।

उनि कार्यरत रहेको ठाउँमा लागु औषध ओसारपसार होस् वा बिभिन्न अपराधका अभियुक्त तथा दोषी आजसम्म उम्कन पाएको रेकर्ड छैन।

केहि दिन अगाडि मात्रै इन्स्पेक्टर खड्कालाई सुदुरपश्चिम प्रदेश प्रहरी धनगढीले विभागीय मूल्य मान्यता,आदेश निर्देशनको पालना गरी अपराध अनुसन्धानको क्षेत्रमा विशष तथा अव्बल क्षमता प्रदर्शन गरेकाले उत्कृष्ट प्रहरी अफिसरका रुपमा सम्मानित समेत गरेको थियो।

महिला बेपत्ताको उजुरी आएकै दिन देखि इन्स्पेक्टर खड्काले संभावित सबै कोणबाट बिश्लेषण तथा अनुसन्धान अगाडि बढाए।

उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा मन्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भई रहेको भन्ने सूचना प्रहरी पायो।
त्यसपछि आशंकाको आधार भेटियो।

यस घटनाको अनुसन्धान तथा छानबिन गर्न स्वयं इन्स्पेक्टर शंकर खड्का लागि परिरहे। इन्स्पेक्टर खड्का भन्छन् घटना संकास्पद लागेकाले अपराध लुक्दैन भन्ने कुरामा हामि बिश्वस्त थियौँ।जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय लम्किको संयुक्त टोलिको अनवरत प्रयासले अन्ततः सफलता प्राप्त भयो।

प्रहरीका अनुसार गोमा जनकबहादुर रावलकी श्रीमती हुन्। जनकले कान्छी श्रीमतीका रूपमा मन्जुलाई बिहे गरेका थिए। तर २०७६ सालमा मन्जु र जनकले सहमतिमै सम्बन्ध विच्छेद गरे। जेठी गोमासँग भने वैवाहिक सम्बन्ध कायमै थियो।

मन्जुसँग सम्बन्ध विच्छेद भएको एक वर्षपछि, २०७७ चैत ४ गते जनकको मृत्यु भयो।

जनकको मृत्युपछि, चैत २२ गते जेठी श्रीमती गोमा र मन्जुले श्रीमानको मृत्यु दर्ता गर्ने सहमति गरे। वडा कार्यालय पुगेर जनकको मृत्यु दर्ता पनि गराए। तर चैत २९ गते गोमा फेरि वडा कार्यालयमा पुगिन् र जनकसँग मन्जुको सम्बन्ध विच्छेद भइसकेकाले उनको हक नलाग्ने भन्दै मृत्यु दर्ताबाट मन्जुको नाम हटाइदिन भनिन्।

त्यसपछि मन्जुविरूद्ध झुटा विवरण पेस गरेको मुद्दा चल्यो। २०७९ फागुन २६ गते जिल्ला प्रशासन कार्यालयले पञ्जीकरण ऐनअनुसार मन्जुलाई दोषी ठहर गर्‍यो। उनीमाथि कारबाही गर्न भन्दै प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पत्र पठाएपपछि प्रहरीले उक्त विवरण अदालतमा पठायो। २०७९ चैत २७ गते मन्जु अदालतमा २० हजार रूपैयाँ धरौटी बुझाएर तारिखमा छुटिन्।
२०८० जेठ २५ गतेदेखि भने मन्जु एकाएक बेपत्ता भइन्।

पिडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले घटनाको थप अनुसन्धान अघि बढायो। मानिस बेपत्ता गरेको शीर्षकमा मुद्दा दर्ता भयो।

प्रहरीका अनुसार गोमा भारतमा बस्थिन्। तर उच्च अदालत दिपायलमा कुनै विषयमा मुद्दा चलिरहेकाले तारिखका निम्ति नेपाल आएकी थिइन्। त्यही बेला डोटीको दिपायलबाट असार २५ गते प्रहरीले उनलाई पक्राउ गर्‍यो।

‘गोमाको बयान लिँदा घटनाबारे थप जानकारी खुल्न आयो,’ डिएसपी चन्दले भने, ‘उनको बयानका आधारमा प्रहरीले प्राविधिक रूपमै अनुसन्धान कार्य गर्‍यो।’

डेढ महिना लामो अनुसन्धानपछि आइतबार मन्जुको शव फेला परेको छ भने हालसम्म घटनाका आरोपित चार जना पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न अन्यको खोजी र मन्जुको हत्या कुन दिन, कसरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस