ताजा अपडेट

आज यी पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम

काठमाण्डौ- नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अत्याधिक वर्षासँगै खोला नालामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस