ताजा अपडेट

सय किलो सुन तस्करी प्रकरण : अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

काठमाडौं- त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ मन्त्रालयले समेत भन्सार कार्यालयको संवेदनशीलतामाथि ध्यान दिन नसक्दा तस्करी गर्ने गिरोहलाई सहजता भएको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालय, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबीच नियमित समन्वय हुनपर्नेमा त्यस्तो पनि हुन नसकेको पाइएको छ ।’

२ महिनाको अवधिमा ब्रेक सुजस्ता सामानहरू २२ पटक भित्रिएको थियो । यस्तै, क्रममा साउन ३ गते भन्सारबाट बाहिरिने क्रममा तस्करीको १ सय किलो सुन बरामत भएको थियो । सो प्रकरणमा संलग्न मुख्य गिरोहको हालसम्म पहिचान हुन सकेको छैन । केही एजेन्ट र सुन भरियालाई मात्रै पक्राउ गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत अन्त्यतै चलायमान हुनपर्छ तर डेढ महिनासम्म सो कार्यालय नेतृत्वविहीन भएर निमित्तको भरमा सञ्चालन हुँदा पनि भन्सार विभाग र अर्थ मन्त्रालयको चासो नदिनुलाई शंकाको रूपमा हेर्न सकिने स्रोतको दाबी छ ।

अर्थ मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यात्रु चेक र सामान चेक गर्ने गरी दुईवटा संरचनासहितको जनशक्ति रहेका छन् । जहाँ दुवै संरचनामा गरेर झण्डै १ सय ५० जना कर्मचारी रहेका छन् । स्रोतका अनुसार कार्यालयमा रहेका केही कर्मचारीलाई भन्सार एजेन्टहरूले प्रभावमा पार्ने गरेका छन् । भन्सार एजेन्टबाट प्रभावमा परेका कर्मचारी तथा भन्सार एजेन्ट आफैंले पनि माथिसम्म सेटिङ मिलाएर तस्करी गर्ने गरेका छन् । यस प्रकरणमा भन्सार कार्यालयमा धेरै समयसम्म बसेका कर्मचारीहरू र अन्यत्र गएर पटक पटक कार्यालयमा नै आएका कर्मचारीहरूको बढी मिलेमतो हुन सक्ने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस