काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार भर्चुअल संवाद गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो।
संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई स्वागत गरे। कुराकानीका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो।