ताजा अपडेट

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं- नेपाल प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले प्रधानमन्त्रीको सल्लाहकार बताएर ४५ लाखभन्दा बढी गठी गरेको आरोपमा राजेन्द्र प्रसाद खनाल र विशाल खनाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको भन्दै विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वाश दिलाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस