ताजा अपडेट

निष्क्रिय शिक्षकबाट सफल बिद्यालयको परिकल्पना गर्न सकिदैन


रोल्पा- विद्यालयहरुले देशको भविष्यहरु बोकेका हुन्छन्।शिक्षकहरूले विद्यार्थीहरु भित्र ज्ञानको आकार भरिरहेका हुन्छन्। विद्यालय बिद्यार्थीको दोस्रो घर हो।घरमा सिकेको कुरा भन्दा विद्यालयमा सिकायको कुरालाइ बढि ध्यान दिन्छ्न र छिटो सिक्छन।घररुपी बिद्यार्थीहरु ६ घण्टा रहन्छन् ।भौतिक रुपले सम्पन्न,सास्कृतिक रुपमा सबल,शैक्षिक ,प्रबिधि मैत्री अनि बालमनोबिज्ञान अनुकूलको विद्यालयमा बिद्यार्थी अत्यन्त दक्ष भएर निस्किन्छन।


बिद्यालय प्रशासन
बिद्यालय प्रशासनको प्रमुख प्र.अ.हो।जसमा नेतृत्व क्षमता अत्यन्त धेरै सहकार्य र सहयोग जस्ता गुणले पोख्त हुन्छ।प्रअ को नेतृत्वका रुपमा शिक्षकहरुले गरेको सम्मानलाई बिद्यार्थीले देखेर तेस्तै असल व्यबहार शिक्षकलाइ पनि देखाउन थाल्छन। एउटा असल प्र.अ. ले लियका असल एजेन्डालाई पूरा गर्ने क्षमता बिधालयका शिक्षकहरुमा भयन भने बिद्यालयको समग्र कार्ययोजना असफल हुन्छ र प्रशासनिक ब्यक्ति पनि त्यहि अनुसारको भयन भने बिद्यालयका सम्पुर्ण पक्ष उथलपुथल र अस्तब्यस्त हुन्छन् ।तेसैले बिद्यालयको प्रशासकीय प्रमुख एउटा घरको खम्बा वा अबिभावक जस्तै बलियो हुनु आबस्यक हुन्छ।


विद्यालय व्यवस्थापन समिति
भुत देखि बर्तमान सम्म कार्यक्षमता बिहिन बि.ब्य.स नामको मात्र हुने गरेको हुन्छ ।काम,कर्तब्य र अधिकारको बोध नहुँदा क्षमता बिहिन बन्न पुगेको हुन्छ।समग्र शैक्षिक क्षेत्रको सुधारका लाहि बिव्यस पनि उत्तिकै सक्रिय बन्न पर्दछ।


शिक्षक
असफल शिक्षक बाट एक सफल बिद्यार्थी र सफल बिद्यालयको कल्पन सम्म गर्न सकिदैन।परापुर्बकालदेखी शिक्षकलाई सबै कुरामा पोख्त रुपमा बुझ्ने गरिन्छ।बिगतमा सिकेको ज्ञान समय परिबर्तन सङै थोत्रो भयको हुन्छ।त्यसैले शिक्षकले समय सङै अध्यनको दायरालाई बढाउनु पर्ने हुन्छ।
पेशा भरिकै सबभन्दा संबेदनसिल पेसा शिक्षण हो।सम्पुर्ण पेसाको जननी शिक्षण पेशा भयको हुँदा यो अत्यन्त मर्यादित छ तथा जिम्मेवार छ।शिक्षक बन्न सजिलो पनि त कहाँ छ र? यहाँ बिबेक संगै हातखुट्टा नचलाए त सिकाइ कहाँ सम्भब छ र?अझ त्यसमा असल शिक्षक बन्नका लागि त्यहि अनुसारको मिहेनत अनिवार्य आवश्यक पर्दछ।


शिक्षक र समय ब्यबस्थापन
हामी सबैलाइ थाहाँ छ समय मुल्यवान छ।मानव जिबनमा समय सबैलाइ उत्तिकै महत्त्वपूर्ण हुन्छ। ४५ मिनेटको समयमा शिक्षकले अल्लमल्ल गरि तोकियको समय कटाउने बहानामा कक्षाकोठामा प्रवेश गरेमा सम्पुर्ण सिकाइ अस्तब्यस्त हुन्छ अनि यस्तो असल शिक्षकमा कहिलै हुदैन।


शिक्षक र सूचना प्रबिधि
२१ औँ शताब्दीमा आएर पनि अझै हाम्रो मुलुकमा परम्परागत शिक्षण छ।शिक्षण धेरै बर्ष गरेको हुन सक्छ तर प्राबिधिक ज्ञान र सीपसंग शिक्षक जोडिनु आबस्यक हुन्छ।त्यसका लागि सम्बन्धित निकायहरुले पनि ध्यान दिनुपर्ने हुन्छ।आजको युग सूचना प्रबिधिको युग हो।यो संगै चल्न नसक्ने मान्छे धेरै पछाडि मानिन्छ।समग्र सिकाई तथा सिकाउने प्रक्रिया नै अर्थपूर्ण हुन सक्छ।कक्षाकोठामा मोबाइल फोन सम्म लानु हुदैन भन्ने परम्पराबादी सोचलाई बदलेर कक्षाकोठामा एक शिक्षक एक ल्यापटपको अबधारणा ल्याउनु पर्छ।कक्षाकोठाहरुमा प्रोजेक्टर लगाएतका शैक्षिक सामाग्री उपलब्धतामा बिद्यालय प्रशासन र स्थानिय निकायले उपयुक्त समयको ब्यबस्थापन गरि आधुनिक सूचना प्रबिधी सङ शिक्षकलाई जोड्नु आबस्यक हुन्छ।


बिद्यार्थी
बिद्यार्थी काचो माटो हुन्।उनिहरुलाइ जस्तो सिकायो त्यस्तै सिक्ने अदभूत क्षमता भयको कारण बिद्यार्थीका संरक्षक सबैले विशेष ध्यान दिनु पर्ने हुन्छ।


बिद्यालय व्यबहार र प्रस्तुति
भनिन्छ नि `दिनको संकेत बिहानीले गर्दछ´बिद्यालयमा प्रवेश गरिसकेपछी शिक्षकले एकापसमा भेटिदा अनुहारमा झल्किएको प्रेम, सम्मान र खुशीले सबै ब्यक्तिको कार्यक्षमता बढ्ने हुन्छ।ढुस्स परेर बसिरहने र खुलेर नबोल्ने ब्यक्तिले दिनभर
को समयमा जिकज्याक बनाउछन।व्यबहार प्रस्तुतीकरणले कार्यक्षमतामा प्रभाब पार्ने हुदा यसमा सचेत हुनु पर्दछ ।
बिद्यालय पारदर्शिता
बिद्यालयमा निरन्तर सम्पर्कमा रहिरहने ब्यक्ति बि. ब्य. स, प्र. अ, शिक्षक ,बिद्यार्थी र अभिभावक हुन।यी सबैको एकापसमा राम्रो समन्वय हुनु पर्दछ।दोषारोपण , गुड्बन्दी,अस्वस्थ प्रतिस्पर्धा र असहयोग भन्दा प्रेमिल ,पारदर्शी ,स्वस्थ ,शिष्ट र असल व्यबहारले सिङ्गो बिद्यालय सफल बन्छ।
अभिभावक
अशिक्षा ,गरिबी ,अज्ञानता र परम्परागत सोच बिद्यालयमा पठाय पुग्छ भन्ने मानसिकता र गैरजिम्मेवार को कारण सिकाइमा थप समस्या हुन्छन्।
त्यसैले सम्पुर्ण देशको शैक्षिक गुणस्तरलाई सफल बनाउन शैक्षिक क्षेत्र तथा बिद्यालयमा सम्लग्न ब्यक्ति अत्यन्त जिम्मेवार हुनु आबस्यक छ ।
अत:विद्यालय विद्यालय जस्तो बनाउन यससंग जोडिएका सर्ब पक्षमा ध्यान दिन आवाश्यक हुन्छ।आजका विद्यार्थी भविष्यका कर्णधार भन्ने प्रचलित भनाई पनि रहेको छ।विद्यालय विद्यालय जस्तो,शिक्षक शिक्षक जस्तो,विद्यार्थी विद्यार्थी जस्तो,अबिभाबक अबिभाबक जस्तो,बिब्यस बिब्यस जस्तो हुनै पर्दछ।

लेखिका के.सी. शुक्र माध्यमिक विद्यालय त्रिबेणी २ कि शिक्षिका हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस