काठमाडौं- रातोपाटी डट कमले पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छाेरा राहुल महरालाई जाेडेर सुन तस्कर मा संलग्नता रहेकाे समाचार प्रकाशन गरेपछि उक्त समाचार मा सत्यता नरहेकाे भन्दै एक प्रेस विज्ञप्ति मार्फत महराले समाचारको खण्डन गर्नु भएको छ।
विज्ञप्तीमा लेखिएको छ,असार ३० गत्ते२०८० मा रातोपाटी डट कम अनलाइन समाचारमा प्रकाशित “सुन तस्कर संग पूर्व सभामुख महराका बाउ छोराको कनेक्सन” भन्ने समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । चिनिया नागरिक वाङसंग पहिले देखी नै सामान्य चिनजान भएको र उनि आफु फलफुल व्यापारीको रुपमा नेपालमा रहदै आएको जानकारी गराएका थिए। उनको अन्य व्यापार र काम संग हाम्रो कुनै जानकारी र हाम्रो कुनै सम्बन्ध नरहेको प्रष्ट पार्न चाहान्छु।
जहाँ सम्म छोरा राहुलले भन्सार कर्मचारी लाई सम्पर्क गरेको भनिएको छ उनि चिनिया नागरिक वाङले चीनिया कामदारको लागी मगाएको केही सामान भन्सारमा अड्कीएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारी लाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएको र उनलाइ त्यही जानकारी गराएको हो। तर अरु कुनै विषय जानकारीमा नभएको तथ्य हो । ती व्यक्तीसंग कुनै कार्यमा कुनै सहभागीता र सहयोग नगरेको पनि प्रष्ट पार्न चाहान्छौ ।
चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुरासय पूर्ण तरिकाले समाचार प्रकाशित गर्नु ठिक होइन । यो समाचार विल्कुल तथ्यहिन मात्र नभएर राजनैतिक पूर्वाग्रहीमा आधारमा भएकोले खण्डन गर्दछौँ।
महरा द्वारा जारी प्रेस विज्ञप्ति