काठमाण्डौ-अन्तराष्ट्रीय मगर महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मगर जातिलाई विभाजित बनाउन गम्भिर षड्यन्त्र भएको खुलासा गरेको छ।महासंघका अध्यक्ष नविन रोका मगरद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा नेपाल सरकार तथ्याङ्क कार्यालयद्वारा २०७८ मा लिएको जनगणनामा पुन मगरलाई पुन जातको रुपमा सार्वजनिक गरेको प्रति गम्भिर आपत्ति जनाउदै यस्तो गैह्र कानूनी कदम तत्काल सच्चाउन माग गरिएको छ।
साथै विज्ञप्तिमा यसरी नै मगर जातका थरहरुलाई राज्य सरकारले जातको सृजना गर्दै जाने हो भने मगर जातीको अस्तित्व नै नरहने खतरा रहेको भन्दै जातिय अस्तित्वको लागी सम्पूर्ण मगरहरुलाई आन्दोलित हुन समेत अपिल गरिएको छ।
ममहासंघको प्रेस विज्ञप्ति यस्तो छ,