चुनाव जितेर गएका नेताहरू एकैपटक फेरि अर्को चुनावमा भोट माग्न मात्रै फर्कने गर्छन्।हाम्रा नेताहरु के अझै सहि छन्?लोकतन्त्रमा नेतालाई यति धेरै आफुखुसी बन्ने अधिकार कसले दिएको हो,सरकारले?संविधानले?होईन पटक्कै होइन,नेतालाई हामिले बिगारेका छौँ।हामिले पर्याप्त खबरदारी गर्न सकिरहेका छैनौँ।खबरदारीले पनि नेताले हाम्रो प्रवाह नगरे हामिसंग विकल्प प्रशस्त छन्।निर्वाचनबाटै त्यसको हिसाबकिताब बदल्न सक्दछौँ।के हामिले कहिल्यै यो अभ्यास गर्यौँ??
रोल्पा/भौगोलिक बिकटता मध्यपहाडमा अवस्थित सुन्दर भुमि रोल्पामा जन्म लिन पाउँदा खुसी र गर्व लाग्छ।तर पछिल्ला दिनहरुमा सोचमग्न हुँदै गैइरहेको छु।सायद बढ्दो उमेर र प्रविधिको बिकास क्रमले मलाई अलि अगाडि पुर्याएर होला।बिस्तारै राजनैतिक चेतपनि खुल्न थालेको छ।आज म निर्धक्कले रोल्पा भुमिमा छाती खोलेर हिड्न बोल्न पाउँछु र सक्छु ।तर त्यो ताका म त बालकै थिए।तर मेरो घर परिवार,छर-छिमेकी जिल्लावासीलेहरुले हरेक दिन बम,बारुदको भयावह ध्वनि सुन्दै त्रासमा रातदिन काटेका थिए।त्यहिपनि छोटो समयका लागि होईन।लगातार १० बर्षसम्म।
२०५२ फागुन १ गते तत्कालीन बिद्रोही शक्ति माओवादीले रोल्पाको होलेरीस्थित प्रहरिरिचौकि लगाएत देशभर ३ वटा प्रहरि चौकिहरुमा फौजि हमला गर्दै राज्य विरुद्व सशस्त्र युद्धको घोषणा गरेको थियो। जुन ऐतिहासिक त्यो प्रहरिरिचौकि मेरो घरबाट ५ सय मिटर जति उत्तरमा पर्दछ।म आजकाल त्यहि ठाउँमा बेलाबेला जाने गर्दछु।गएर एकछिन शान्त भएर बस्ने कोशिस गर्छु र सोच्छु।देश परिवर्तनका लागि सबैभन्दा ठुलो कष्ट र पिडा उठाएको हाम्रो जिल्ला रणभुमि नै बन्यो।त्यस समय रोल्पा भन्ने सुन्ने बित्तिकै देशभरका मानिसहरुको मनोवृत्तिमा माओवादी भन्ने शव्द पैदा हुन्थ्यो अरे।रोल्पा नाम सुन्दा नै डरले मुटु काप्थ्यो अरे।झन त्यहि ठाउँमा लगातार १० बर्षसम्म मेरा परिवार,छिमेकी र समग्र जिल्लावासीले कसरी ति परिस्थितिहरु सामना गरे होलान्?
रोल्पालीहरु साच्चिकै सहनसिल र महान् छन् भन्ने यस कुराबाट पुष्टि हुन्छ।देशको एक युवाको नाताले सोच्छु माओवादी युद्ध समयकै माग थियो होला।सायद उनिहरुले क्रान्ति नगरेको भए आज देशका नागरिकले यतिका धेरै स्वतन्त्रता र मुक्ति पाउन असंभतुल्य हुने थियो होला।हेर्दाहेर्दै युद्ध रोकिएर शान्ति प्रक्रियामा पुगेको पनि आज १७/१८ बर्ष बितिसकेछ।शान्तिपछि रोल्पाले धेरै थोक पाए।निरन्तर मन्त्रीहरु पायो।सभामुख पायो,मुख्य मन्त्री पायो।तर रोल्पा र रोल्पालीहरुको हालत भने कहिल्यै फेरिएन।जिल्लाकै प्रवेशद्वार घोराही-होलेरी शहिदमार्गको अवस्थस बिजोग छ।यस्तो भएको आधा दशक बितिसक्यो।के आज हाम्रा नेता भएको भए हामिलाई यस्तो अवस्थाको सामना गर्नुपर्ने थियो होला र?युद्ध लडेकाहरु कतिका शरिरका अंग नै तातो गोलिले क्षतबिक्षत पारि दियो।कति घाइतेहरु अझझय बिस्तारामै छन्।कतिले शरिरमा छर्हराहरु बोकेर हिडिरहेका छन्।बिरगती प्राप्त गर्नेहरू त मरे सक्क्यो।तर के हाम्रा नेताहरू हुन्थे भने बिचल्लीमा बसेका तिनका परिवारको उद्वार हुने थिएन होला र?घाइते,अपांगहरुको उचित हेरचाह हुदैन थियो होला र?शान्ति प्रक्रियापछिका प्रत्येक निर्वाचनको सबै ठेक्का एकलौटी माओवादीलाई मात्रै दिएका छौँ।के बहुदलीय ब्यबस्थामा पनि हामिले कहिल्यै फरक राजनैतिक स्वाद लिन नपाउने?
चुनाव जितेर गएका नेताहरू एकैपटक फेरि अर्को चुनावमा भोट माग्न मात्रै फर्कने गर्छन्।हाम्रा नेताहरु के अझै सहि छन्?लोकतन्त्रमा नेतालाई यति धेरै आफुखुसी बन्ने अधिकार कसले दिएको हो,सरकारले?संविधानले?होईन पटक्कै होइन,नेतालाई हामिले बिगारेका छौँ।हामिले पर्याप्त खबरदारी गर्न सकिरहेका छैनौँ।खबरदारीले पनि नेताले हाम्रो प्रवाह नगरे हामिसंग विकल्प प्रशस्त छन्।निर्वाचनबाटै त्यसको हिसाबकिताब बदल्न सक्दछौँ।के हामिले कहिल्यै यो अभ्यास गर्यौँ?
राजाको पालामा निर्माण गरिएको आफ्नो जिल्ला भित्र भएको विमानस्थल गणतन्त्रसम्म पनि बन्द छ।हाम्रा नेताले कहिल्यै हाम्रो सुबिधाका लागि विमानस्थलको चिन्ता गरेको वा बोलेको देख्नु भो?हाम्रो जिल्ला रणभुमि बनाइएकै कारण आज अन्य ठाउँहरुमा म रोल्पाको भन्दा बित्तिकै हेर्ने दृष्टिकोण नै फरक आउँछ मानिसहरूको।यो सब त सहेकै छौँ हामिले तर हाम्रा चुनावी ठेकेदार नेताले कहिल्यै हाम्रो चेतनाको स्तर उठाउनेबारे सोचे? नेताहरू जनताभन्दा बलियो बनेको हामि जनताहरु कमजोर बनेर हो।भोट दिएर पठाएको नेताले काठमाडौं कहिल्यै छोड्दैन।तर पनि उसैलाई नै एक छापे मत हाल्नु पर्ने कुनै सम्झौता गरेका छौँ र हामिले?साच्चिकै अब नेताहरूलाई सच्याएर जनताका लागि जिम्मेवार बनाउने बेला भएन र?२१ सौ शताब्दीको यो रंगिन युगमा हाम्रो मानसिकता भने साधा नै रहिरहनु भावि पुस्ताका भविष्यका लागि दुखदायी कुरो हो।अब मन र मत दुबै बदल्ने बेला भएको छ।
(लेकक नन्दराम खड्का लामो समयदेखि पत्रकारितामा आबद्व हुनुहुन्छ)