दाङ। दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।