यो कस्तो पुस्ता
हाम्रो पुस्ता का केही मान्छे हरु
तथ्य नवुझेरै वोलिदिन्छन
उनिहरु लाई लाग्दो हो वोलिदिय पुग्छ
मन का कुण्ठाहरु पोखिदिय पुग्छ
जिम्मेवारी लिनु पनि पर्दैन
जिम्मेवार वन्नु पनि पर्दैन
लाग्दो हो उनिहरु लाई
जिम्मेवारी त अरु कसै को मात्र हो
आफु जिम्मेवार नवने पनि पुग्छ
वुझिराखौँ
यही हो हाम्रो अहिले को पुस्ता!!
वुझी साध्य छैन
भनी साध्य छैन
गाँउ अप्ठेरो मा छ
शहर अप्ठेरो मा छ
समाज अप्ठेरो मा छ
वर्ग अप्ठेरोमा छ
धर्म अप्ठेरोमा छ
सामाजिक परिवेश अप्ठेरो मा छ
यत्ति वुझे पुग्छ देशै अप्ठेरोमा छ
समाधान खोज्न तिर कोही कसैको ध्यान छैन
छ त केवल वैरभाव मात्र छ
एकले अर्को माथि हिलो छ्यापेको छ
आरोप प्रत्यारोप गर्दै हिडेको छ
यहि हो हाम्रो पुस्ता!!
समस्यहरुको हल खोज्दैन
झन समस्या थोपरिदिन चाहन्छ
अनेक वहानाहरु को चक्रव्युह खडा गर्छ
कहिले यता कहिले उता रंग फेर्दै हिड्छ
सामाजिक मेलमिलाप खल्वल्याउन चाहन्छ
धमिलो पानी माथि माछा मार्न खोज्छ
आफुलाई सामाजिक ठान्दछ
आफुले आफैलाई परिवर्तनको संवाहक ठान्छ
आफुले आफैलाई विज्ञ ठान्दछ
आफुले आफैलाई जानकार ठान्दछ
तर
वस्तुगत अवस्था लाई मापन गर्न सक्दैन
सामाजिक अन्तर विरोधलाई केलाउन सक्दैन
सहि के हो गलत के हो छुट्याउन सक्दैन
यो कस्तो पुस्ता हो??
जो जिम्मेवार वन्न कहिलै चाहदैन
जिम्मेवार बन्नेहरु माथि कटाक्ष गर्दै हिड्छ
जस्ले दोषभरी अरुमाथी थुपारेको छ
नाम मात्रको विरोध गरेको छ
विगत लाई दोषी देखाउने चेष्टा गरेको छ
विगतभित्र राम्रोलाई पनि नराम्रो वनाउने चेष्टा गरेको छ
अरु सवै लाई दोषी देख्छ
आफुले आफैलाई सज्जन देख्छ
यो नै अहिलेको पुस्ता हो!!
जसलाई विगत थाहा छैन
वर्तमान वुझ्ने गर्दैन
भविष्यको चिन्ता पनि छैन
मात्र बोलेर भाईरल भय हुन्छ
यो कस्तो पुस्ता हो
समस्या देख्नु मात्र ठूलो कुरा हैन
वोल्नु मात्रै पनी ठूलो कुरा हैन
लेख्नु मात्र ठूलो त्यो पनि हैन
देख्नु वोल्नु र लेख्नु भन्दा
ठूलो त त्यो हो
समस्याहरुको पहिचान गर्नु
समाधानका उपायाहरु दिन सक्नु
पहिले आफु अनि अरु लाई सुधार्नु
अनि बल्ल समस्या उठाउनु
अनि समाधान को वाटो खोज्नु
मलाई लाग्छ
हाम्रो पुस्ता
सामाजिक वन्नु पर्छ
जिम्मेवार वन्नु पर्छ
जवाफ देही वन्नु पर्छ
उदाहरणिय वन्नु पर्छ
ईतिहासको रक्षा गर्ने
वर्तमानमा टेक्ने
भविष्यको खोजी गर्ने
पुस्ता बन्नु पर्छ।।
(लेखक राजकुमार तत्कालीन जनयुद्वको एक सैन्य कमाण्डर समेत हुनुहुन्छ)