ताजा अपडेट

उ एक योद्वा

उ एक योद्धा, परिवर्तनका लागि लडेको योद्धा,
आफु अनि संसार भुलेर देशका लागि लडेको योद्धा!

देश बनाउन बम,बारुद र छर्रासंग नहारेको एक शाहसी योद्धा,
अचेल आफैसंग हार्न थालेको छ!
आफ्नै अभाव,छट्पटी र पिडाहरुका अगाडि मनभित्रका रहर र देखेका स्वर्णिम सपनाहरु मनभित्रै मार्न थालेको छ।

हिजो परिवर्तनको सौदामा प्राण दाउँमा राखेको उ आज छिनछिनमै अतालिन्छ,चिन्तित बन्छ!
यताउता हेर्छ आफु,आफुहरु र देश उस्तै देख्छ,बदल्नेहरु बदलिएर आफैलाई नचिन्दा निक्कै भावुक बन्छ।

बिस्तारै अभाव र जिम्मेवारीले च्यापिरहेका छन् ,
कहिल्यै नथाक्ने योद्धा उ अचेल हरेस खाँदै छ!
नयाँ नेपाल बनाउँछु भन्दै कयौं पटक लडेर उठेको योद्धा उ अब राहदानी बनाएर खाडी जाँदै छ।

शरिरमा हिजोको जस्तो उर्जा छैन उसको समयले बिस्तारै बुढ्यौलीपनमा धकेलिरहेको रहेको छ,
उठ्नुस न्याय र मुक्तिका लागि लडौँ कमरेड भन्ने शव्द सम्झन्छ,सपना जस्तै लाग्ने तितो बिगतको सत्यले उसलाई हृदयमै हानिरहेको छ।।

लेखक नन्दराम खड्का लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस