मुलुकमा वीर बहादुर दाइ जस्ता हजारौंको बलिदान पश्चात् व्यवस्था परिवर्तन भयो गणतन्त्र संघीयता र धर्मनिरपेक्षता संस्थागत भयो तर शासक पुरानै राजनितीक दर्शन संस्कार र मानसिकता संग ओतप्रोत भएकाले देशमा आम गरिब दुखी र उत्पीडित नागरिकले आफ्नो जीवनस्तरमा खास महसुस गर्न सक्ने खालको परिवर्तन भेट्न सकेका छैनन्।
स्याङ्जा, बिहानिको बादलहरुलाई चिर्दै विस्तारै घामको उज्यालो प्रकाशले पृथ्वीलाई अंकमाल गर्न थालिसकेको थियो।सदाजस्तै म मेरो कामको सिलसिलामा अलिक टाढाको गाउँसम्म जानुपर्ने भएकाले हतार-हतार आफ्नो पाइलाहरु त्यसतर्फ बढाउने प्रयास गरिरहे।भन्ज्याङ्ग गाउँको सिरानमा पर्ने घरमा एकजना मुटुरोगले ग्रसित निर्धन एक्ली महिला देवकि दिदि बस्ने गर्थिन। उनी मेरो संस्थाको परियोजना भित्रकी लक्षित वर्गमा पनि पर्थिन।सधैं नियमित औषधि पुर्याउन र भेटघाट गर्नकै लागि म त्यहाँ आवतजावत गरिरहने भएकोले हामी एक अर्कोमा परिचित थियौं र उनले मलाई भाइ नाताले सम्बोधन गर्ने गर्थिन।अझ भन्नुपर्दा हामी बीच दिदिभाइको प्रगाढ सम्बन्ध पनि थियो।
पौष महिनाको जाडो मौसमको चिसो सिरेटो संग छल्दै म उनको घरमै पुगें। सदाजस्तै त्यो दिनपनि उनलाई विच्छिन्न र निर्लोभ अनि जुम्सो परेको शरिर पुरानो खास्टो ओढेेर घरको पिँढीमा लमतन्न पल्टिएको अवस्थामा देखेपछि म सँग अलिक सन्चो लागेको छकि उस्तै छ दिदी ? भनेर सोध्ने आँट पनि आएन।त्यहाँ पुग्नेे बित्तिकै उनले आफ्नो मुहारमा थोरै खुशीको नौलो चमक छर्दै बिस्ताराबाट मुस्किलले उठेर भित्तामा अडेस लगाएर बस्ने जमर्को गरिन। बिरामी परेर झन,झन कमजोर बन्दै गएको उनको शरिरले नसकेको बेला छिमेकीहरु के भएको छ ?भनेर सोधपुछ गर्न समेत नआउने रहेछन्। त्यसैले अब त सबै खालका आश र भरोसा नै मरिसकेको कुरा सुनाउँथिन उनी।
आमाको उपचारको लागि धन कमाउने उद्देश्य लिएर भएको एक्लो छोरा रघुवीर पनि मुग्लान हिँडेको साल नाघिसक्यो।उनैको वियोगले झन बेसहारा र चिन्तित बनेकी उनी एकल महिला भएकै कारण समाजका केही अराजक र कलुषित मानसिकता बोकेका व्यक्तिहरुले विभिन्न बहानामा गर्ने अनैतिक व्यवहार,यौनजन्य हिंसा अनि जातको आधारमा घर,बाटोघाटो र सार्वजनिक स्थलमा गरिने छुवाछूत जस्ता अथाह पीडाले थप विक्षुब्ध अवस्थामा गुज्रिएको थियो देवकिको जीवन।सामाजिक सहभागीतामा कहिल्यै समावेशीताको बोध गर्न नसक्ने उनिजस्ता कैयौँ विपन्न परिवार केही भद्र भलाद्मी व्यक्तिहरु बाटै उपेक्षित थिए त्यो परिवेशमा।यो कस्तो विडम्बना ! यस्तेै बिषयले म सारै खिन्न र मनमा उठेका असंख्या प्रस्नहरु संग अनुत्तरित थिए।अनेकौ जिज्ञासाहरुले उथलपुथल बनाउँदै मेरो संवेदनामा परेको ठुुुुलो चोटले अदृश्य ज्वारभाटा ल्याइरहेको थियो।
आँगनको डिलमा बिछ्याइएको गुन्द्री माथि बसेर देवकि संग भालाकुसारी गरिरहँदा उनको जीर्ण अवस्थाको पृथुल इतिहास बोकेको पुर्ख्यौली घुमाउने घरको छाना चुहिने भएर ठाउँठाउँमा प्लास्टिकले टालेको स्पष्ट देख्न सकिन्थ्यो।थाम र दलानहरु पानीले भिजेर गल्न थालिसकेका थिए।झट्ट हेर्दा मनमा लाग्थ्यो यो बस्न योग्य सुरक्षित घर होइन।धेरेै पुस्ता काटिसकेको हुनाले पनि अब अर्को बर्खा थेग्न सक्दैन।
सान्त वातावरण जहाँ चराचुरङ्गीको चिरविर आवाजले मेरो मानसपटलमा छुट्टै राज गरिरहेको थियो।भनौ, म भावनामा चर्लुम्म डुबेको थिए।मेरा नयनहरु ती पाली माथि पलाएका हरिया घाँसहरु अनि बिरलाकोटी दन्तद्वारी जस्ता देखिने घरका भित्तोतिर डुलिरहेका थिए।कैयौं दिनसम्म लिपपोत नभएका पटाहा दिनप्रतिदिन खस्रो अनि बिरुप बन्दै गइरहेको देखिन्थ्यो। माथि डाँडामा फराकिलो सडक,मन्दिर,चौतारो अनि अग्लो गगन चुम्बि भ्ययुटावरको निर्माणले गाउँभरीको समग्र बिकासका काम तिब्र गतिमा भएको ठान्न सकिन्थ्यो।तर पनि यी सब भौतिक रुपमा भएको परिवर्तनले उनको वास्तविक जीवन लाई एक चिम्टी पनि छुन सकेको थिएन। त्यो सब “काग लाई बेल पाक्यो हर्ष न बिष्मात” भने जस्तै फगत लाग्थ्यो उनको लागि।
घर नजिकै पानीको धारा थियोे तर पानी आएको थिएन।खास कुरा पाइपको मर्मत सम्भारको निम्ति पैसा तिर्न नसकेरै उनको धाराको पानी बन्द गराइएको रहेछ।त्यहाँका मानिसहरू कति सम्मको निर्दयी र अमानवीय रहेछन भन्ने कुरा यसबाट पनि सजिलेै जान्न सकिन्थ्यो।तर देवकि भने सारै खुशी थिइन।र भन्नेे गर्थिन, “दैलो अगाडिमै पानीको धारा आएको छ ऐले पानी नदिए पनि भोलिपर्सी पैसा तिर्न सके भनेत कत्ति सजिलो हुन्छनि बाबु”उक्त सदाचारी र बलियो आत्मबल देखेर म निक्कै गम्भीर अनि भावुक भए।उनको त्यो कठिन र असहज परिस्थितिमा पनि पल्लवित भएको खुशी र धेैर्यताबाट जो कोहीलाई पनि थप जीवन जिउनको लागि अनवरत नवीन शिक्षा र हौसला मिल्न सक्थ्यो।तसर्थ म पनि हरदम निक्कै उत्सुकताका साथ देवकि दिदिको हरेक वास्तविकता जान्न इच्छुक हुने गर्थे।
साच्चिकै समाजमा हुनेखाने र हुँदाखाने वर्ग बीच हुनेगरेका भिन्नता सबैले देख्न सक्नेगरी उनको जीवनका भोगाईमा प्रस्टसंग झल्किरहेको थियो।मानिसहरूमा अनावस्यक लोभ,वैमनस्यता,क्रोधले सिमा नाघिसकेको थियो।त्यहाँ कसैलाई कसैको चिन्तन गर्ने त्यति फुर्सदिलो मौका नै थिएन। उक्त टोल,टोलमा बेमेल सृजना भएको आभाास उनले ब्यक्त गरेका हरेक दुखाइका शब्द शब्दहरुमा मैले गरिरहेको थिए।
एकोहोरो बसिरहँदा उनको शरिर पाटेछ क्यारे लामो स्वास तान्देै अर्कोपट्टि सरिन र नजिकै भएको अम्खोराको पानी पिउदै आफ्नो कुरालाई सविस्तार म तिरै निरन्तरता दिइन्।
जनयुद्धका ताका भुमिगत पार्टीका नेता कार्यकर्ता हरुले उनको घरमा सुरक्षित सेल्टर बनाएर बसेका रहेछन।त्यतिबेला तत्कालीन शाही सेना बाट बचाउन र व्यवस्थापकीय काममा महत्वपूर्ण योगदान दिएको कुरा सुनाइन्।त्यतिमात्र कहाँ हो र, उनले आफ्नो जीवन साथि वीर बहादुर संग नभेटेको पनि दशक पुगिसकेेछ।किनकि उनी देशको बेपत्ता नागरिकको सुचिमा बाक्लो किताबमा ठुुुुलो र चहकिलो अक्षरले नाम लेखिएको व्यक्ति रहेछन् ! ढोका माथि टाँसिएको मधुरो देखिने फोटो तिर टुलुटुलु हेर्दै एकछिन उनको गला अवरुद्ध थिए।
मुलुकमा वीर बहादुर दाइ जस्ता हजारौंको बलिदान पश्चात् व्यवस्था परिवर्तन भयो गणतन्त्र संघीयता र धर्मनिरपेक्षता संस्थागत भयो तर शासक पुरानै राजनितीक दर्शन संस्कार र मानसिकता संग ओतप्रोत भएकाले देशमा आम गरिब दुखी र उत्पीडित नागरिकले आफ्नो जीवनस्तरमा खास महसुस गर्न सक्ने खालको परिवर्तन भेट्न सकेका छैनन्। सामाजिक नेतृत्व लिन पाउने परिस्थिति बनेको छैन।उनिहरुका घर र मन सदैव उजाड र निराशाजनक छ।कैयौं देवकि हरुको फाटेको चोलि र एक जोर नयाँ चप्पल सजिलो संग फेर्न सक्ने हैसियत अझेै बन्न सकेको छैन। यस्तै कुराहरुले निरन्तर मेरो मानसपटलमा हलचल पैदा गरेको थियो।
गाउँका अन्य एकल महिला दिदिबहिनी हरुको भन्दा देवकिको अवस्था र आवस्यकता भने निक्कै पृथक र जटिल पहाड जस्तो भयानक थियो।साँझ बिहान एक छाक टार्न समेत कठिन हुने उनको राम्रो लुगा,मीठो खाना अनि नयाँ घर रहर बाट धरै दूरदराजको बिषय थियो।
यी सबै उनको दिन प्रतिदिन खस्कदो अवस्था लाई सम्बोधन गर्न नसक्दा मैले गरेको काम प्रति भने भित्रि आत्मदेखि सन्तुष्टि जागेको थिएन। कतै न कतै हृदयको एक कुनामा कारुण्य आघाातको पीडाले चस्स-चस्स घोचिरहन्थ्यो। मनभित्र एक प्रकारले अमित निर्लिप्तता छाएको थियो।
यस्ता अनेकौं कथा र ब्यथाका ठुुुुलो भकारी थियो र पनि उस्तै अदम्य सहासी र सदाशयताकी बिलक्षण कुबेर महिला थिइन देवकि।
यस्तै अथाह बेदनाका कुरा गर्दै जाने क्रममा म आफेैभित्र हराइरहेको थिए। समय घर्कदै गएको हुनाले देवकी संग बाट विदा हुनुपर्ने बेला भएछ।
छोरा रघुवीर परदेश बाट घर नआएपछि झन चर्किदै गएको देवकीको दुखको जीवनलाई दुई किनाराका चट्टान हरुमा ठोक्याउँदै आफ्नो गाउँबाट धरै टाढा हुत्यायो अर्थात हिजो भन्दा आज झन बिग्रदै गएको उनको स्वास्थ्य उपचारको लागि भनेर शहर लैजाने व्यवस्था म आवद्व रहेको संस्थाले गर्यो। लामो समय पहिले देखिको मेरो एउटा निवेदनले पूर्णता पाउने निश्चित देखियो। केही दिनपछि उनको समस्या हरुको चाङ लाई व्यवस्थापन गर्दै मुटुरोग को उपचार लाई निरन्तरता दिने काम विशेष अग्रावसर मा पर्यो रअस्पताल भर्ना गरियो अन्ततोगत्व अप्रेसनको मिति पनि तय भयो। उनमा अबत जीवनको अलिक पल्लो छेउ सम्म बाँँचिन्छ कि भन्नेे झिनो आशा र खुुशि पलाएको थियो।
घर छोडेर गएको कुरा आफ्नो छोरालाई सुनाउन समेत नपाएकोले नरमाइलो र तितो अनुभव थियो देवकी संग। सायद दुख र अभावको जीवन नै प्रीय लागेर होला उनलाई त्यही नै मन पर्थ्यो र बेला बेलामा गाउँको उही चुहिने छानो भएको घरको सम्झनाले सताउने गर्थ्यो।पुर्ण रुपमा रोगलाई जितेर पुनः भन्ज्याङ् गाउँ फर्कने र छोरा रघुवीर लाई स्वदेश डाकेर शुखदुख जीवनयापन गर्ने मीठो सपना बुनेकी थिइन उनले।
मेरो अन्यत्र काम परेकोले जानुपर्ने परिस्थिति बन्यो त्यसकारण म देवकी लाई अस्पतालको बेडमै स्वास्थ लाभको सुभकामना दिएर जाने निधो गरें।।म धरै खुशी पनि थिएं उनको लागि पहिलेदेखि गरेको एउटा महत्त्वपूर्ण कोशिशले मुर्तरुप लिदै थियो।म सफल उपचार पछि निको भएर गाउँ फर्काउन पनि चहान्थें।
बिहानको खाना खाएर आराम गर्दै थिए मेरो फोनमा घण्टी बजिरह्यो मैले फोन उठाएर हेलो भन्न नपाउँदै उताबाट अस्पतालको कुरुवा साथिले देवकी हामी सबैलाई छोडेर गइन। उनको अपरेसन सफल हुन सकेन भन्ने समाचार सुनाए ! बस,मैले यो भन्दा बढि कुरा सुन्ने सामर्थ्य राखिन! एक्कासि मेरो होस ह्ववाँस ठाउमै रहेन। एकछिन निशब्ध भएं चारैतिर सन्नाटा छायो। त्यतिबेला मेरो जीवनलाई आशा जगाउने एउटा जटिल शब्द साँच्चिकै ढलेको थियो। मनमा अनेकौं कुराहरु खेल्न थाले तर त्यो साँचो कुरा मैले पत्याउनेै पर्ने थियो।
आफ्नो जीवनका उकाली ओरालीमा धरै पटक हन्डर खाएर सानो खशीमा रमाउने अवसर समेत नमिलेको देवकि यसरी अल्पआयु मै अस्ताईन।
आफु जहाँ रहेपनि रत्तिभर नचुकेर हरदम त्यही माटोको समीप्यमा लुकामारी खेल्देै अत्याधिक उत्पीडनमा पारिएका बहुसंख्यक देवकिहरुको हितमा कामगर्ने मनोवान्छित अठोट सक्रिय बनाउदै समाजका यस्ता फरक कथाब्यथा हरुले मलाई पनि निरन्तर संघर्ष गर्न उत्प्रेरित गरिरह्यो।
(लेखक दिपक रुचाल हरिनास ६ स्याङ्जाका हुनुहुन्छ)