काठमाण्डौ/फेरि पनि युद्वस्तरमै माओवादी अभियान अगाडि बढेकाे छ।
टाेल-टाेलबाट माओवादी नाराहरु लाग्न थालेका छन्।दलित,मधेसी,मुस्लिम,महिला,जनजाति र उत्पिडित क्षेत्रका तमाम एजेण्डाहरुबारे बहसकाे शुरुवात भएका छन।प्रत्येक टाेल र वडा-पालिकादेखि विविध बहस बिषय र जनतासँग सम्बन्धित मुद्वाहरु प्रदेश स्तरिय सम्मेलनसम्म केन्द्रित हुदैछन्।
देशब्यापि रुपमा २०७८ मङ्सिर २५ गते एकसाथ भव्य उत्सब समाराेहका बिच ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डद्वारा अनलाईनमा संम्बाेधन गरिने कार्यक्रम रहेकाे छ।सबै प्रदेश भुगोल र गैर-भुगाेल पार्टि संगठनहरुले राजनैतिक,बैचारिक र सांगठनिक प्रतिबेदन प्रस्तुत गरेर आफुलाई देश एवं जनताप्रतिकाे उत्तरदायी भुमिका र नयाँ एजेण्डाका रुपमा जिम्मेवारीपुर्ण ढंगबाट प्रस्तुत गर्दैछन।
सबैलाई अवगत नै छ,राष्ट्रिय सम्मेलनका बारेमा पार्टि अध्यक्ष कमरेड प्रचण्ड ले एउटा महत्वपुर्ण ऐतिहासिक दस्तावेज लेख्दै हुनुहुन्छ।यसबारेमा आउने सम्मेलनमा नै बहस गरौला।
मातहत विभिन्न तहगत र खासमा मुख्य:वहसहरु के- के मा केन्द्रित हुदैछन त ? प्रश्न यहाँनेर छ ?
सर्वप्रथम
-क्रान्तिकारी बिचारकाे प्रश्न नै महत्वपुर्ण बनेर आएकाे छ। साेहि अनुसारकाे दर्शन,दृष्टिकाेण निर्माण गर्ने र विद्यमान अरु राजनैतिक दल पार्टि भन्दा फरक माओवादी किन हुन सकेन ?
-परिवर्तनका निम्ति बलिदान गरेकाे पार्टि,एजेण्डाका रुपमा बलियाे एजेण्डा प्रस्तुत गरेर आएकाे पार्टि किन सहि नेतृत्व लिन सकेन?
-स्थानियदेखि केन्द्रसम्म सबै भन्दा बढि आस्थावान पार्टि सदस्य भएकाे सबै भन्दा उत्कृष्ट पार्टि व्यवस्थित र दुरुस्त किन हुन सकेन?
-आफ्नाे पंक्तिकाे रक्षा गर्ने,सहिद,बेपत्ता र घाईते याेद्वाहरुकाे सहि व्यवस्थापन गरेर अन्य दल वा पार्टिमा प्रभाव जमाउन किन सकेन?
-याे देशकाे एजेण्डा माओवादीकै थियाे तर बैचारिक र सांगठनिक नेतृत्व गरेर सहि ढंगबाट अन्तरबिराेधकाे समाधान गरि पार्टि बिभाजन राेक्न किन सकेन?
-क्रान्तिकारी पार्टि निर्माण गर्न सत्ता संचालन कार्यविधिबारे र समाजवादी कार्य दिशा काे कम्युनिष्ट नीति सिद्धांत अनुसार काम गर्न किन सकेन?
-समाबेशी र समानुपातिक प्रणाली अहिले बिधिवत रुपमा सांगठनिक ढाँचामा विधान अनुसार समेटियर आएकाे छ तर प्रभावकारी र परिणाममुखि तरिकाले बिगतमा लागउ हुन किन सकेन?
-आम कार्यकर्ता काे पार्टि संगठन (माओवादि केन्द्र) उत्पादन र समाजबादी अर्थनीतिको कार्यदिशामा जान किन सकेन?
-कार्यनैतिक र रणनैतिक लक्ष्य प्रति , लचक्ता र दृढताका साथ पार्टिले आफ्ना नीति-कार्यक्रम बनाउन किन सकेन ?
यस्तै यस्तै वहसहरुका साथ सर्वत्र चासाे बनेकाे बहु-प्रतिक्षित राष्ट्रिय सम्मेलन प्रज्ञा भवन काठमाण्डौमा महान वहसका रुपमा केन्द्रित कार्यक्रम हुन गईरहेकाे छ।
आम जनसमुदायकाे भाग्य र भविष्यको फैसला गर्ने माओवादी नै हाे भन्नेमा आधारभुत बर्गका मजदुर,किसान,दलित, महिला,मुस्लिम र मधेश लगायतका आम उत्पिडित क्षेत्र र जातिहरुकाे मुक्तिकाे निम्ति आशाकाे केन्द्रबिन्दु एक मात्र पार्टि माओवादी केन्द्र प्रति सिङ्गाे राष्ट्र र अन्तराष्ट्रीय स्तरको ध्यानाकर्षण भएकाे छ।
अहिले काे अन्तरिम विधान र पार्टिले लिएका प्रष्ट नितिहरुका कारण नै जनउभारहरु टाेल-टाेल,बस्ति-बस्तिबाट मुक्ति र परिवर्तनका नाराहरु लागेका हुन।
अहिले महिला ३५% दलित १५% मुस्लिम ५% र युवा २०% का दृष्टिकोणले पार्टि संगठनमा सहभागिताका आधारहरु केन्द्रीय नितिमा नै तय भएपछि एउटा छुट्टै प्रकारकाे अधिकार प्राप्त क्षेत्रहरु उत्साहित भएकाे प्रष्टै छ।
त्यसरी नै पार्टीकाे केन्द्रीय नीति अनुसार संघियताकाे कार्यन्वयन लाई विसेस जाेड गरेर संघ,प्रदेश र स्थानिय तहलाई प्राथमिकतामा राखेर पार्टि कमिटी प्रणालिलाई मान्यता दिईएकाे छ।
अन्य पार्टिहरुले उही पुरानै केन्द्रिकृत राज्य व्यवस्था अनुसार नै कमिटी प्रणाली बनाउने र अलमल परिरहेकाे याे अवस्थामा माओवादीले संघियता कार्यन्वयनलाई आफ्नाे कार्यभारका रुपमा पुरा गरेकाे छ।
भने माथि उल्लेखित विविध प्रश्नहरुकाे जवाफ दिन पनि माओवादी केन्द्र बृहत् गृहकार्यमा लागिरहेकाे छ।
समग्रमा एउटै कम्युनिष्ट केन्द्र बनाउनका लागि भइरहेकाे पहल र देश जनतालाई दिनु पर्ने जवाफ पनि यतिबेला महत्वपुर्ण बिषय बनेर आएकाे छ।कम्युनिष्ट एकता सहि थियाे तर एउटा नकारात्मक नेतृत्व,पात्र र प्रवृति किनारा लागेपछिकाे अवस्थामा बिगतबाट शिक्षा लिदै त्याे इतिहासबाट नदाेहरिने गरि परिपक्वताका साथ एकता गरेर देश-जनताका एजेण्डाहरुलाई पुरा गर्ने जिम्मेवारी पनि माओवादी र मुल नेतृत्व प्रचण्डलाई नै भएकाे निश्चित छ।
कम्युनिष्ट नैतिकता मूल्य र मान्यतालाई सहि रुपमा स्थापित गर्दै नव दलाल केपि प्रवृतिलाई किटान गरि राष्ट्रिय दलाल बर्गकाे अन्त्य गर्नु अहिलेकाे आवश्यकता हाे। स्वाधिन र राष्ट्रिय पुजिकाे संरक्षण र सम्वर्धन गरि समाजवादी बाटाे अबलम्वन गर्नु पनि माओवादी दायित्व बनेकाे छ।
सबै वहसहरुकाे सहि निष्कर्ष निकाल्न आसन्न निर्वाचन र परिणाम नै पहिलाे सर्तसँग केन्द्रित बनेकाे छ।केही स्व:स्पष्ट रणनिति र परिणाम निकाल्न विविध कार्यनितिका बाबजुद माओवादी अभियान पुन जागृत भएकाे छ।यसकाे सहि प्रयाेग गर्नु आम नेता कार्यकर्ताकाे जिम्मेवारी बनेकाे छ,आन्तरिक एकता लाई सुदृढ गराै,बाह्य प्रभावलाई कायम राखाै,नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टि निर्माण गराै भन्ने केन्द्रीय नीति अनुरुप महान वहसकाे मुल मर्म मा जुटाै! फेरि पनि माओवादी एकता जिन्दावाद ! जिन्दावाद !!
लेखक टक बहादुर घर्ती (मुनाल)तत्कालीन जनयुद्वका एक चर्चित सैन्य कमाण्डर हुनुहुन्छ